नेभिगेशन

हुलाकी राजमार्गका सवाल टिप्दै विराटनगरतर्फ ‘मेची–महाकाली पदयात्रा’ : चौथो दिन रंगेलीबाट यात्रा सुरु

मोरङ, ४ मंसिर ।
पूर्व मेचीको माटो र पानीलाई पश्चिम महाकालीसँग जोड्ने राष्ट्रिय एकता र जनसंवादको महाअभियान ‘मेची–महाकाली पदयात्रा’ ले आज (शुक्रबार) चौथो दिनको यात्रा मोरङको रंगेलीबाट सुरु गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं संघीय सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा रहेको टोली बिहान ठीक ७:३० बजे रंगेलीबाट विराटनगरतर्फ प्रस्थान गरेको हो।

WhatsApp-Image-2026-11-20-at-10.16.01-AM-1795150779.jpeg

चौथो दिनको आजको पदयात्रा हुलाकी राजमार्गअन्तर्गत पर्ने मोरङका दक्षिणी पालिकाहरू धनपालथान गाउँपालिका र जहदा गाउँपालिका हुँदै प्रदेश राजधानी विराटनगर महानगरपालिका पुगेर समापन हुनेछ। आजको यात्रामा मोरङ क्षेत्र नं. ५ की प्रतिनिधिसभा सांसद आशा झा समेतको टोली सहभागी छ।

‘मधेस र देशको भूमिलाई जगाउने ठूलो आँट’ : सांसद झा
रंगेलीमा आयोजित यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै सांसद आशा झाले निरन्तर ६० दिनस
WhatsApp-Image-2026-11-20-at-10.16.04-AM-1795150778.jpeg

WhatsApp-Image-2026-11-20-at-10.16.04-AM-(1)-1795150776.jpeg

म्म चल्ने पदयात्राको चौथो दिनसम्म आइपुग्दा डा. सिंहले मधेस र देशको भूमिलाई जगाउने तथा सबै भावलाई एकमा परिणत गर्ने ठूलो आँट र अथक प्रयास गरिरहनुभएको बताउनुभयो। डा. सिंहजत्तिको नेताको मार्गदर्शनमा अगाडि बढ्न पाउनु आफूहरूका लागि सौभाग्यको कुरा भएको उल्लेख गर्दै उहाँले यात्रा सफलताको शुभकामना दिनुभयो।

सोही अवसरमा काली माता र संसारी माताको आशीर्वाद रहेको ऐतिहासिक सहर रंगेलीमा डा. सिंहले पाइला टेक्नुभएकोमा रंगेलीवासीले विशेष आभार व्यक्त गर्दै पदयात्राको ब्यानर धनपालथान गाउँपालिकालाई हस्तान्तरण गरेका थिए।

शिक्षा, स्वास्थ्य र किसानका समस्या सुल्झाउन पदयात्रा : डा. सिंह
रंगेलीवासीको स्वागत र आतिथ्यप्रति धन्यवाद दिँदै सांसद डा. अमरेशकुमार सिंहले यो यात्रा देश र समाज जोड्ने तथा हुलाकी राजमार्गको विकास गर्ने अभियान भएको बताउनुभयो। उहाँले बाँच्नका लागि स्वास्थ्य र जीवनमा केही गर्न शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय तहमा रहेको शिक्षा र स्वास्थ्यको अधिकारलाई प्रभावकारी बनाउन आगामी निर्वाचनमा रास्वपाले बलियो उपस्थिति जनाउनुपर्ने बताउनुभयो।

WhatsApp-Image-2026-11-20-at-10.16.05-AM-(1)-1795150774.jpeg

किसानलाई समयमै मलखाद, धान र मकैको उचित समर्थन मूल्य, स्वदेशमै युवा रोजगारी सिर्जना र आन्तरिक एकतामार्फत राष्ट्रियता बलियो बनाउनु नै पदयात्राको मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

यसअघि झापाको दुईदिने यात्रामा ५५ किलोमिटर र तेस्रो दिन बिहीबार गौरीगन्जदेखि रतुवामाई, सुनवर्षी हुँदै रंगेलीसम्म करिब २४ किलोमिटर गरी टोलीले ७९ किलोमिटर पैदल यात्रा पूरा गरिसकेको छ। गत कार्तिक ३० गते रास्वपा सभापति रवि लामिछानेले जनकपुरधामबाट उद्घाटन गर्नुभएको यो अभियान ६० दिनमा २१ जिल्लाको करिब १,२०० किलोमिटर दूरी पार गर्दै कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ।WhatsApp-Image-2026-11-20-at-10.16.02-AM-1795150778.jpeg

प्रकाशित मिति:
थप समाचार